Connect IPS
IME Life

तपाईले बीमा सर्भेयरको लाइसेन्स नविकरण गर्नु भयो? छैन भने यसरी गर्नुहोस्

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा सर्भेयरले यहि चैत मसान्त भित्रमा लाइसेन्स नविकरण गरिसक्नु पर्नेछ । यदि चैत मसान्तभित्रमा नविकरण गरिएन भने जरिवना तिर्नु पर्ने हुन्छ । बीमा समितिले यस वर्षदेखि अनलाइन प्रणालीबाटै नविकरण गर्न सकिने व्यवस्था मिलाएको छ ।

यसका लागि सबैभन्दा पहिला सर्भेयरले कनेक्ट आइपिएसको वेवसाइट www.connectips.com लगइन गर्नु पर्नेछ । यदि तपाई सँग कनेक्ट आइपिएसको युजर आइडी र पासवर्ड छ भने साइन इन गर्नु पर्नेछ । यदि छैन भने साइन अप बटममा क्लिक गरी युजर नेम पासवर्ड प्राप्त गर्नुहोला ।

Prabhu
Crest

यसरी कनेक्ट आइपिएलाई साइन इन गरिसके पछि ड्यासबोर्डमा भएको Semi-Govt/Sansthan क्लिक गर्नुहोला । जसमा बीमा समितिको आइकन देखिनेछ । बीमा समितिको आइकन क्लिक गरिसके पछि Surveyor Payment मा क्लिक गर्नुहोला । यस पछि आफुले कुन खाताबाट पैसा तिर्न खोजिएको हो sender Details मार्फत छान्न सकिनेछ ।

यस पछि Surveyor Licence code आउनेछ । यसमा सर्भेयरले आफ्नो इजाजतपत्र नम्बर राख्नु पर्नेछ । यस पछि लाइसेन्स जारी भएको मितिलाई अंग्रेजीमा कन्भर्ट गरेर राख्नु पर्ने हुन्छ । यस सँगै रहेको Surveyor type मा क्लिक गर्ने वित्तीकै तपाईले भक्तानी गर्नु पर्ने शुल्क आफै देखिनेछ ।

यदि सबै विवरण ठिक छ भने तपाईले Make Payment मा क्लिक गर्न सक्नुहुनेछ । मेक पेमेन्टमा क्लिक गर्ने वित्तीकै तपाईको मोबाइल वा इमेलमा वन टाइम पासवर्ड आउनेछ र Transaction Password को प्रकृयाँ पुरा गरी भुक्तानी गर्न सक्नुहुनेछ ।

यसरी भुक्तानी गरिएको विवरण सर्भेयरले डाउनलोड गरेर सुरक्षित गर्न सक्नेछन् । एउटै कनेकट आइपिएसको युजरबाट धेरै जनाको नविकरण शुल्क भुक्तानी गर्न सकिनेछ । यदि तपाई सँग आफ्नो कनेक्ट आइपिएसको लगइन छैन भने अरुको कनेक्ट आइपिएस मार्फत पनि भुक्तानी गर्न सक्नुहुनेछ ।

बीमा_20220328_0001

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS