Connect IPS
IME Life

लगानीकर्ताले व्याज र किस्ताको जोहो गर्दा २९.९८ अंकको गिरावट, पैसा हुनेले सस्तोमा उठाउदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगानीकर्ताले तेस्रो त्रैमासको व्याज र किस्ताको जोहो गर्दा शेयर बजार लगातार घट्न थालेको हो । लगानीकर्ताले यस सातामा शेयर बिक्री गर्दा व्याज र किस्ताको रकम जोहो गर्न सक्ने भएकाले सेलिङ प्रेसर बढिरहेको छ ।

‍बीमा समितिले जीवन र निर्जीवन बीमा कम्पनीको क्यापिटल प्लान ल्याउदा पनि बजार सुधार हुन सकिरहेको छैन । अर्को तर्फ बीमा बैंकहरुले निक्षेप बढाउनकै लागि भए पनि कर्जा र किस्ताको लागी ऋणीहरुलाई फोन गर्न थालेका छन् । यसैको चपेटामा शेयर बजार परेको छ ।

Prabhu
Crest

अहिले दोस्रो बजारमा अल्पकालिन लगानीकर्ता मात्रै हाबी छन् । ठुला लगानीकर्ता नहुँदा थोरै थोरै शेयर सप्लाइ हुँदा पनि दोस्रो बजार प्रभावित हुने गरेको छ । अर्को तर्फ प्राविधिक विश्लेषकहरुले शेयर बजारको तल्लो बिन्दु २५०८ भनिरहेका छन् । त्यसैले अवको केहि दिन शेयर बजार तल झर्ने अनुमान गरिएको छ ।

सोमबार नेप्से सूचक २९.९८ अंकले घटेको छ । नेप्से सूचक १.१७ प्रतिशतले घटेर २५४२.२८ विन्दु कायम हुँदा कारोबार रकम भने २ अर्ब ५४ करोड रुपैयाँको भएको छ । यस अवधिमा हातमा नगद भएका लगानीकर्ताले थोरै थोरै गरेर शेयर उठाइरहेका छन् । आइतबार जीवन र निर्जीवन बीमाको सूचकमा सुधार देखिए पनि आज भने सबै कम्पनीको शेयर मूल्य घटेको छ । सोमबार २१ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने १६७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

सर्वाधिक धेरै राष्ट्र उत्थान र इमर्जीङ पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजैदेखि कारोबार सुरु भएको नेष्डो लघुवित्तको शेयर मूल्य ६.१० प्रतिशतले बढेर ७९३ रुपैयाँमा कारोबार भएको छ । सर्वाधिक धेरै जीवन विकास लघुवित्तको शेयर २२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS