IME Life
GBIME

कामना सेवा विकास बैंकको नयाँ शाखा धनगढीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका, वडा नं. ७ मोतीचोक मा १३४औ शाखा कार्यालय स्थापना गरेको छ । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

Crest

र्बैंकले सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिल माध्यमहरुबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले १३३ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ५ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएम मार्फत लाई सेवा प्रदान गर्दै आएको छ ।

 

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS