काठमाडौं । सनराइज बैंकले प्रदेश २ का विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले मार्च २१ देखि मार्च २७ सम्म विश्वव्यापी रुपमा मनाइदै आएको ग्लोबल मनि सप्ताहको अवसरमा उक्त कार्यक्रम गरेको हो ।
बैंकले चैत्र ८, ९, १० गते राजविराज, लहान र गौरमा बैंकले उक्त कार्यक्रम गरेको हो । नेपाल बैंकिङ इन्सिच्यूटसँगको सहकार्यमा आयोजित कार्यक्रममा नेशनल बैंकिङ्ग इन्स्टिच्युटको तर्फबाट विनोद अधिकारी तथा बैंकका प्रतिनिधिहरु सहभागी भई साक्षरता प्रदान गरेका थिए ।
१०० जना भन्दा बढी स्थानीय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिहरुको सहभागीता रहेको उक्त कार्यक्रमहरुमा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ्ग, डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिटायन्स प्रणाली, लगायतका विषयमा साक्षरता प्रदान गरेको थियो ।
हालसम्म बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए।टि।एम मार्फतसेवा प्रदान गर्दै आइरहेको छ ।