काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ३४ अंकले घटेर २,६३० दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य ७८५ रुपैयाँ रहेको छ ।
त्यस्तै, जीवन विकास लघुवित्तको ८ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ८ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।