Connect IPS
IME Life

कर्जा सुरक्षण कोषको दाबी भुक्तानी ५९ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले चालू आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा सुरक्षण शुल्क आम्दानीमा ५० प्रतिशतको उल्लेख्य वृद्धि भएको छ । सुरक्षण शुल्क (बीमाशुल्क) आम्दानी वृद्धिसँगै सुरक्षण आम्दानी ५० प्रतिशतले बढ्दा दाबी भुक्तानी ५९ प्रतिशतले बढेको छ ।

कोषले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सुरक्षण शुल्कवापत पुस मसान्तसम्ममा १ अर्ब ५० करोड ५९ लाख ९१ हजार रुपैयाँ सुरक्षण शुल्क संकलन भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब १५ लाख २५ हजार रुपैयाँ सुरक्षण शुल्क संकलन भएको थियो ।

Prabhu
Crest

बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती तथा कर्जा लगानी बढ्दा कोषको आम्दानी पनि वृद्धि भएको हो । चालू आवको पहिलो छ महिनाको अवधिमा कोषले दाबी भुक्तानी तथा संचालन खर्चवापत १० करोड २१ लाख ३७ हजार रुपैयाँ खर्च गरेको छ । स गत आवको पुस मसान्तसम्ममा ६ करोड ४० लाख ९३ हजार रुपैयाँ दाबी तथा संचालन खर्च भएको थियो ।

विभिन्न वित्तीय संस्थाहरुमा गरेको मुद्दती निक्षेपबाट कोषले दोश्रो त्रैमासम्मको अन्त्यमा ६७ करोड २ लाख ९९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । ब्याज आम्दानीमा अघिल्लो आवको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS