काठमाडौं । आज शेयर बजार १६ दशमलव ०४ अंकले बढेर २,६५० दशमलव ७० को विन्दुमा कायम भउको छ । आज १०६ वटा कम्पनीको शेयर बढेको छ भने ७७ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै म्युचुअल फण्ड उपसूचक बढेको छ ।
त्यसैगरी आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले ६ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सानिमा डिबेञ्चर ८७ का इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनील २ दशमलव ८६ प्रतिशतका दरले गुमाएका हुन् ।