काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । इन्योरेन्सले सूचना जारी गर्दै संस्थापक शेयर धनी सनराइज बैंकको नाममा रहेको पाँच लाख ५५ हजार ५६९ कित्ता संस्थापक शेयर बिक्री बारे जानकारी दिएको हो ।
सनराइज बैंकले आफ्नो नाममा रहेको उक्त शेयर प्रति कित्ता चार सय रुपैयाँको दरमा बिक्री गरिदिन भन्दै निवेदन दिएको थियो । सोही अनुरुप कम्पनीको सञ्चालक समितिको ३११ औं बैंठकबाट बैंकको नाममा रहेको शेयर बिक्री गर्ने निर्णय गरेको हो ।
कम्पनीले शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिन आह्वान गरेको छ । तोकेको मिति भित्र शेयर बिक्री नभएको खण्डमा विद्यमान शेयरधनी बाहेक बाहिरका व्यक्तिलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।