काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ९९ अंकले बढेर २,६३४ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज १५६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ३१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । ङादी ग्रुपका लगानीकर्ताले ७ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् ।
आज नेपाल टेलिकमका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले २ दशमलव ९७ प्रतिशतका दरले गुमाएका हुन् ।