Connect IPS
IME Life

नेप्सेको ‘ए’ वर्गमा ३६ कम्पनी, बीमा कम्पनी ‘जि’ र ‘जेड’ वर्गमा मात्रै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको वर्गिकरणमा यस पटक पनि बीमा कम्पनी ‘ए’ र ‘बि’ वर्गमा पर्न सकेनन् । नेप्सेले गरेको वर्गिकरण अन्तर्गत ‘ए’ वर्गमा ३६ वटा कम्पनी परेका छन् । जसमा २५ जीवन बीमा कम्पनी, ४ विकास बैंक, २ फाइनान्स, एउटा माइक्रोफाइनान्स, तीन वटा हाइड्रोपावर र एउटा उत्पादनमुलक कम्पनी छन् ।

त्यस्तै ‘बि’ वर्गमा तीन वटा फाइनान्स, ४ वटा माइक्रोफाइनान्स, दुई वटा हाइड्रोपावर र एउटा इन्भेष्टमेन्ट कम्पनी परेको छ । नेप्सेले सूचिकृत भएको दुई वर्ष पुरा नभएका कम्पनीलाई ‘जि’ वर्गमा वर्गिकरण गरेको छ । जसमा ५ वटा जीवन बीमा कम्पनी र तीन वटा निर्जीवन बीमा कम्पनी परेका छन् । अन्तिममा पर्ने ‘जेड’ वर्गमा सम्पुर्ण बीमा कम्पनी छन् । समयमा साधारणसभा गर्न नसकेका कारण यस पटक एनआईसी एशिया बैंक जेड वर्गमा परेको छ । बीमा कम्पनीहरु पनि समयमा साधारणसभा गर्न नसकेर अन्तिममा पर्ने गरेका छन् ।

Prabhu
Crest

नेप्सेले गत माघ ८ गतेदेखि फागुन २३ गतेसम्ममा सूचीकृत कम्पनीहरुलाई संगठित संस्थाको वर्गिकरण गर्नका लागि आवश्यक विवरण माग गरेको थियो । धितोपत्र सूचिकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम नेप्सेमा सूचिकृत कम्पनीहरुबाट प्राप्त विवरणका आधारमा वर्णानुक्रम अनुसार संलग्न सूचि बमोजिम वर्गिकरण गरेको हो । नेप्सेले गरेको वर्गिकरणमा चित्त नबुझे कम्पनीहरुले उल्लेखित समुहमा पर्नु/नपर्ने कारण सहित ३५ दिन भित्र दाबी सहितको आवेदन दिन सक्ने छन् ।

सूची

70d6ca8b1c4f330ec699232c0875910b

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS