काठमाडौं । नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचिकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिएको कुल २५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।
२०८२ “च” नामक विकास ऋणपत्र चार वर्षे अवधिका लागि १५ अर्ब रुपैयाँ बराबरको र २०८३ “च” नामक विकास ऋणपत्र ५ वर्ष अवधिको लागि १० अर्ब रुपैयाँ बराबरका गरी कुल २५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।
राष्ट्र बैंकले २०८२ “च” नामक विकास ऋणपत्र वार्षिक ५ दशलमव ९६ प्रतिशत ब्याजदरमा फागुन ४ गते निष्काशन गरेको थियो । यसको साँवा भुक्तानी २०८२ फागुन ४ गते हुनेछ । २०८३ “च” नामक विकास ऋणपत्रको वार्षिक ६ दशलमव ९३ प्रतिशत ब्याजदरमा फागुन ९ गते निष्काशन भएको थियो । यस ऋणपत्रको साँवा भुक्तानी २०८३ फागुन ९ गने हुनेछ ।