काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा एभरेष्ट बैंक, एनएमबि बैंक, र गणपति लघुवित्त संस्थाको गरी कुल २ करोड ५९ लाख ८५ हजार ६ सय ५९ दशमलव २०५ कित्ता बोनश शेयर सुचिकृत भएको छ ।
एनएमबि बैंकको पुस २२ गते सम्पन्न वार्षिक सधारण सभाबाट पारित हुन आउने २ करोड ४ लाख ७ हजार ४ सय ५१ दशमलव ०७ कित्ता बोनश शेयर र गणपति लघुवित्तको पुस १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित आउने २ लाख ४१ हजार ९ सय ७७ दशमलव ८२५० कित्ता बोनश सुचिकृत भएको हो । एभरेष्ट बैंकको पुस १ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशतले हुन आउने ५३ लाख ३६ हजार २ सय ३० दशमलव ३१ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।
यी तीन कम्पनीको शेयर सुचिकृत भएसँगै शेयरधनीको आफ्नो डिम्याट खातामा आएपछि दोस्रो बजारमा शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।