Connect IPS
IME Life

नबिल बैंकले गर्यो नेपाल मोबाइल वितरक संघसँग सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल विक्रि वितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघ संग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत मोबाइल वितरकको संजालमा रहेका खुद्रा विक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सीङ कर्जा सुविधा उपलब्ध गराउनेछ ।

उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख  निरज कुमार बस्नेत (डनिल), र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

साथै, आफनो व्यवसायको आवश्कता बमोजिम मोबाइल वितरकले बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्घ सेवा सुविधाहरु प्राप्त हुने सम्झौतामा उल्लेख गरिएको छ ।

साझेदारीको बारेमा बोल्दै, बस्नेत ९डनिल० ले नबिल बैक सदैब साना तथा मझौला स्तरका व्यवसायीहरुको दिगो विकासको लागी समय–सान्दर्भिक कर्जा तथा सुविधाहरु सरल र सहज किसिमले बढी भन्दा बढी व्यवसायीहरुको पहुँचमा पु¥याउन निरन्तर लागी परिरहेको जानकारी गराए । यस साझेदारी अन्तर्गत संघ संग आबद्ध भएका नेपालभरी छरिएर रहेका मोबाइल वितरक व्यवसायीहरुको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS