Connect IPS
IME Life

नेप्से १९ अंकले घट्यो, २ अर्ब ५७ करोडको कारोबार हुँदा टेलिकमको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ७४ अंकले घटेर २,६३१ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज ४९ कम्पनीको शेयर मुल्य बढेको छ भने १३५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३१ वटा कम्पनीको ४९ करोड ६७ लाख ४७१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनकिो १६ करोड ३६ लाख रुपैयााको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १५ सय ६८ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, गरिमा विकास बैंकको १२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको ५५८ रुपैयाँ शेयर मुल्य कायम भएको छ । अपि पावर कम्पनीको १० करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानकिर्ताले ६ दशमलव १३ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटलका लगानकिर्ताले ४ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् । ओरिएण्टल होटलका लगानीकर्ताले ३ प्रशिततका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै यूनाइटेड इदी मर्दीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS