Connect IPS
IME Life

सर्भेयरको लाइसेन्स नविकरण गर्नुभयो, कसको नविकरण शुल्क कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा सर्भेयरले यहि चैत मसान्त भित्रमा लाइसेन्स नविकरण गरिसक्नु पर्नेछ । बीमा समितिले चैत दोस्रो सातादेखि उनिहरुका लागि अनलाइन प्रणालीबाटै नविकरण गर्न सक्ने व्यवस्था मिलाउदैछ । बीमा समितिले सर्भेयरहरुलाई अनलाइन प्रणालीबाटै नविकरण गर्न अनुरोध गरेको छ ।

यस वर्ष मात्रै साढे ११ सय भन्दा धेरैले सर्भेयरको लाइसेन्स लिएको हुँदा समितिले समितिमा हुन सक्ने भिडलाई मध्यनजर गर्दै अनलाइन प्रणालीको विकास गरेको हो । उनिहरुले अहिलेलाई कनेक्ट आइपिएस मार्फत नविकरण शुल्क भुक्तानी गर्न सक्ने छन् । भोलिका दिनमा विस्तारै अन्य भुक्तानी प्रदायक संस्थालाई जोड्दै जाने भएकाले थप सहज हुने समितिले जनाएको छ ।

Prabhu
Crest

सर्भेयरको वर्गिकरणका आधारमा नविकरण शुल्क निर्धारण गरिएको छ । बीमा नियमावली २०४९ अनुसार “क” वर्गको इजाजतपत्र भएका सर्भेयरले बाह्र हजार रुपैंयाँ, “ख” वर्गको इजाजतपत्र भएकाले नौ हजार रुपैयाँ, “ग” वर्गको इजाजतपत्र भएकाले सात हजार रुपैयाँ र “घ” वर्गको इजाजतपत्र भएकाले पाँच हजार रुपैयाँ भुक्तानी गर्नु पर्नेछ ।

समितिले यहि चैत मसान्तभित्रमा अर्को वर्षका लागि नविकरण गरिसक्नु पर्नेछ । यदि सर्भेयरले चैत मसान्त भित्रमा इजाजतपत्र नविकरण नगरेमा जेठ मसान्त भित्रमा थप ५ सय रुपैयाँ तिरेर नविकरण गर्न सकिनेछ । यसका लागि सर्भेयर स्वंयम बीमा समितिको कार्यालयमा गएर निवेदन दिनु पर्नेछ ।

म्याद सकिएको पहिलो २ महिनामा पनि नविकरण नगरेमा त्यस पछिको ४ महिनासम्मको लागि प्रति दिन ५० रुपैयाँको दरले थप दस्तुर भुक्तानी गरेर नविकरण गर्न सकिनेछ ।

सर्भेयरको वर्गीकरण

सर्भेयरको इजाजतपत्र प्राप्त गरी सर्भेयरको रुपमा काम गर्दै आएको आधारमा वर्गिकरण गर्ने व्यवस्था रहेको छ । पन्ध्र वर्षभन्दा वढी अवधि नियमित रुपमा सर्भेयरको काम गरेका सर्भेयरलाई “क” वर्गको लाइसेन्स दिने व्यवस्था छ । त्यस्तै दश वर्षदेखि पन्ध्र वर्षसम्म नियमित रुपमा सर्भेयरको काम गरेका सर्भेयरलाई “ख” वर्गको लाइसेन्स दिइन्छ । पाँच वर्षदेखि दश वर्षसम्म नियमित रुपमा सर्भेयरको रुपमा काम गरेका सर्भेयरलाई “ग” वर्गको र पाँच वर्षसम्म नियमित रुपमा सर्भेयरको काम गरेका सर्भेयरलाई “घ” वर्गको इजाजतपत्र दिइन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS