काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ७ हजार ७९ दशमलव २८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी शारदा देवि प्रधानको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाउको छ ।
शेयरको मूल्य प्रतिकित्ता १४३ रुपैयाँमा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न आग्रह गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा सर्वसाधारणलाई विक्री गर्ने बैंकले जनाएको छ ।