काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था मर्जरपछि चैत १९ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ । यी दुई संस्था एक आपसमा गाभिएपछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुनेछ ।
दुवै कम्पनी बीच गत भदौ १५ गते एक आपसमा मर्जरमा जाने सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।
दुवै कम्पनीको गत पुस १६ गते सम्पन्न वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो । एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिएसँगै आगामी चैत १९ गतेदेखि एकीकृत कारोबार शुरु हुन लागेको संस्थाले जनाएको छ ।
यी दुई कम्पनी १ बराबर १ को शेयर आदानप्रदान गर्ने गरी मर्जर भएका हुन् । मर्जरपछि उक्त कम्पनीको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका वार्ड नम्बर १३, साँगामा रहनेछ ।
वोमी लघुवित्तको चुक्ता पूँजी ४१ करोड १९ लाख र सूर्योदय लघुवित्तको २४ करोड ८० लाख रहेको छ ।