काठमाडौं । नेपाल एसबिआई बैंकले ऋणपत्र निष्काशनका लागि गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।कम्पनीले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि फागुन १६ गते बोर्डमा निवेदन दिएको हो ।
ऋणपत्र निष्काशन, विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी ५ वर्षको वार्षिक ९ दशमलव २५ प्रतिशत ब्याजदरमा नेपाल एसबिआई बैंक डिबेञ्चर २०८३ नामक ऋणपत्र निष्काशन गर्नका लागि निवेदन दिएको हो ।