काठमाडौं । अवसर इक्वीटी लिमिटेडको प्रथम वार्षिक साधारण सभा चैत २५ गते हुने भएको छ । सभा कुपण्डोल ब्यङ्क्वेट, ललितपुरमा बिहान १०स्३० बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभामा सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्ने, सञ्चालकको पारिश्रमिक बारे सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालय परिवर्तन भएकोमा सो सम्बन्धमा प्रवन्धपत्रमा भएको प्रावधान संशोधन गर्ने प्रस्ताव पेश हुनेछ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।