Connect IPS
IME Life

कोरम नपुगे पछि नेशनल हाइड्रोपावरको साधारणसभा हुन सकेन, छिट्टै अर्को मिति तय गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको साधारणसभामा कोरम नपुगे पछि स्थगित भएको छ । कम्पनीले आज आयोजना गरेको साधारणसभामा शेयरधनीहरुको बहुमत नपुगे पछि साधारणसभा हुन नसकेको हो । आज कोरम नपुगे पछि छिट्टै साधारणसभाका लागि अर्को मिति तय गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारणसभामा चुक्ता पूँजीको १९ दशमलव ५ प्रतिशत लाभांश पारितका लागि पेश गर्ने योजना थियो । कम्पनीले १८ दशमलव ५२५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांश सहित १९ दशमलव ५ प्रतिशत लाभांश घोषणा गरिसकेको छ । उक्त लाभांश पारितका लागि अर्को पुनः अर्को साधारणसभाको मिति तय गर्नु पर्ने भएको छ ।

Prabhu
Crest

प्रस्तावित लाभांश फागुन १२ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने छन् । साधारणसभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज भइसकेको छ ।

कम्पनीले बोनश शेयर वितरण पछि कामय पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन प्रस्ताव पनि सभामा पेश गर्दैछ । साभाले ७ जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका थियो । आजको साधारणसभामा गणपुरक संख्या नपुग्नुको कारण सञ्चालकहरुको निर्वाचन पनि हो । कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई २५ प्रतिशतमा खरिद गर्ने विशेष प्रस्ताव पनि सभामा लैजाने योजना थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS