IME Life
GBIME

ग्रिन भेन्चर्सको आइपिओ चैत ८ गतेदेखि, २ लाख ८७ हजार ५०० जनाले १० कित्ता पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ग्रिन भेन्चर्सले चैत ८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैयाँको दरमा २८ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन गर्ने भएको हो ।

सर्वसाधारण समुह तर्फको ३१ लाख २५ हजार कित्ता मध्ये ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । त्यस्तै कर्मचारीका लागि ३ प्रतिशत अर्थात   ९३ हजार ७५० कित्ता सुरक्षित गरिएको छ । कर्मचारी र सामुहिक लगानीकोषका लागि बाँडफाँड गरेर बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सर्वसाधारणका लागि चैत ११ गतेसम्म बिक्री खुला गरिने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ ।

Crest

सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । तर प्राथमिक शेयरमा लगानीकर्ताको आकर्षण हेर्दा अधिकतम १० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु उचित छैन । पछिल्लो समय निष्काशन भएका प्राथमिक शेयरमा २५ लाख भन्दा धेरैको आवेदन पर्दै आएकाले यसमा १० कित्ताको लागि मात्रै आवेदन दिनु उपयुक्त हुन्छ ।

कम्पनीले ओखलढुङ्गा जिल्लामा ५२.४ मेगावाट क्षमताको लिखु ४ जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भएर विद्युत उत्पादन सुरु गरिसकेको छ । आयोजना निर्माणको लागि १२ अर्ब ८ करोड रुपैयाँ लागेको छ । यस आधारमा प्रतिमेगावाट लागत २३ करोड ५ लाख रुपैयाँ पर्न जान्छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS