काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २,६६७ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज ४ अर्ब ८७ करोड ७ लाख १५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ३४ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १२ सय ५१ रुपैयाँ रहेको छ ।
त्यस्तै, अपि पावर कम्पनीको ३० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको ५१० रुपैयाँ शेयर मुल्य कायम भएको छ । आइसीएफसी फाइनान्स कम्पनीको २१ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १९ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।