IME Life
GBIME

नेप्से परिसूचकमा १०१ अंकको बृद्धि हुँदा जीवन बीमा उपसूचकमा झुम्मिए लगानीकर्ता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । चैत महिनामा ब्याजदर नबढाउने नेपाल बैंकर्स एशोसिएशनको निर्णयसँगै आज शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २,६६७ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज १८८ वटा कम्पनकिो शेयर मुल्य बढेको छ भने ४ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२८ वटा कम्पनीको ९० करोड २२ लाख ८९० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८७ करोड ७ लाख १५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ३४ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १२ सय ५१ रुपैयाँ रहेको छ ।

Crest

अपि पावर कम्पनीको ३० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको ५१० रुपैयाँ शेयर मुल्य कायम भएको छ । आइसीएफसी फाइनान्स कम्पनीको २१ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १९ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज एशियन लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । इमर्जिङ नेपालका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मेगा म्युचुअफ फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका लगानीकर्ताले २ दशमलव ९३ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS