काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत माघ ६ गते सम्पन्न आठौं वार्षिक साधारण सभाद्वारा पारित ५ प्रतिशत नगद लाभांश (कर सहित) पुस २६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको छ ।
उक्त मिति पश्चात बैंक खाता अद्यावधिक गर्ने शेयरधनीको हकमा पनि नगद लाभांश बैंक खातामा नै जम्मा गर्ने कम्पनीले बताएको छ । हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।