काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फागुन ८ गतेबाट निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फाइनान्सले २ः१ को अनुपातमा अर्थात् हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
संस्थाको हकप्रद शेयर पुस १० गतेसम्म कायम शेयरधनीहरुले भर्न पाउने छन् । हकप्रद शेयर निष्काशन प्रयोजनका लागि संस्थाले पुस ११ गते एक दिन बुक क्लोज गरेको थियो । कम्पनीको हकप्रदमा आज फागुन २९ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटल क्यापिटल, समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।