GBIME
IME Life

नेशनल लाइफको साधारण सभा आज, कहिलेसम्म कायम शेयरधनीले पाउँछन् १९% बोनश?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आज फागुन २९ गते ३३औं वार्षिक साधारणसभा गर्दैछ । कम्पनीले भर्चुअल माध्यमबाट साधारणसभा आयोजना गर्नेछ । साभारण भामा यस अगाडी घोषणा भएको १९ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांशको प्रस्ताव पारितका लागि पेश गरिने भएको छ ।

सभाले संस्थापक समुहको तर्फबाट ३ जना र सर्वसाधारण समुहको २ जना सहित ५ जनाको निर्वाचन गर्ने भएको छ ।

SKYWELL
Crest

संचालक समितिले प्रस्ताव गरे वमोजिम कम्पनीको हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँको १९ प्रतिशत अर्थात ६४ करोड ४२ रुपैयाँको बोनस शेयरको प्रस्ताव सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् ।

सभामा प्रस्तावित बोनस शेयर कार्यान्वयन गर्न एवं भविष्यमा संभावित पूँजी सम्बन्धि आवस्यकता समेतलाई दृष्टिगत गरी प्रबन्धपत्रको दफा ८ र नियमावलीको नियम ४ मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी ७ अर्ब र जारी पूँजी ६ अर्ब पुर्याउन विशेष प्रस्ताव पेश गरिनेछ ।

कम्पनी ऐन २०६३ को दफा १०५ (१) ग वमोजिम आर्थिक वर्ष २०७६र२०७७ मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीको संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न सचालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।

संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७६र७७ को वासलात, आय(व्यय हिसाव, नाफा(नोक्सान हिसाव एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षण समितिको सिफारित वबोजिम आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्ताव पनि सभामा पेश गरिनेछ । संचालक समितिले प्रस्ताव गरे बमोजिम बोनश शेयर बापतको कर प्रयोजनको लागि ३ करोड ३९ लाख नगद लाभांश पनि स्वीकृतिका लागि पेश गरिनेछ ।

साधारणसभाको प्रयोजनका लागि फागुन २२ गते एक दिन बुक क्लोज गरेको छ । कम्पनीले घोषणा गरेको लाभांश पुस २१ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्राप्त गर्ने छन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS