काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न फागुन २६ गते बोर्डको अनुमति पाएको हो ।
हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । अपिले २०७८ साल असोज २५ गते यो हकप्रद निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो ।
कम्पनीले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रुपैयाँ रहेको छ ।