काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सामाजिक उत्तरदायित्व अन्तर्गत १५ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्र मणि अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
बैंकबाट प्राप्त रकम शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सर्जिकल वार्ड विस्तार गरी बेडहरु थप गर्न उपयोग गरिने डा. अधिकारीले बताए । उक्त सहयोगबाट अस्पतालका मुटुरोगी बिरामीलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वाधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएकोे छ ।