Connect IPS
IME Life

५२ अंकले बढ्यो नेप्से, २ अर्ब ७९ करोडको कारोबार हुँदा फाइनान्सको शेयरमा झुम्मिए लगानीकर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५२ दशमलव २१ अंकले बढेर २,५६६ दशमलव ७९ को विन्दुमा कायम भएको छ । आज अन्य बाहेक सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसूचक ५ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा २२६ वटा कम्पनीको ५६ करोड १० लाख ६३१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ६५ लाख रुपैयाँको शयर कारोबार भएको छ । नेपाल टेलिकमको १३ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज एनआइसी एशिया बैंकको १२ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ११ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ९ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ८ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् । प्रोग्रेशिभ फाइनान्स कम्पनीका लगानीकर्ताले ८ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै माउन्टेन इनर्जीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS