Connect IPS
IME Life

एक अर्कालाई बीमा पोलिसी उपहार दिएर मनाए घलेका दम्पतिले बैबाहिक बर्षगाँठ 

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैवाहिक बर्षगाँठको अवसरमा एक दम्पतीले एक अर्कालाई बीमा पोलिसी उपहार दिएका छन् । आफ्नो वैवाहिक जीवनको २०औँ बर्ष पूरा भएको अवसरमा बेसीशहर नगरपालीका वडा नम्बर ७ मा रहेर विगत २ दशकभन्दा बढि समय देखि विद्यार्थी पुस्तक पसल संचालन गर्दै आएका व्यवसायी तारा राज घले र उनको जीवनसाथी तारा देवी घलेले यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सावधिक जीवन बीमा पोलीसी अन्तरगत एक अर्कालाई ५०/५०  लाखको  बीमा पोलिसी उपहार दिई आफ्नो वैवाहिक बर्षगाँठ मनाएका हुन् ।

नेपाल पुस्तकतथा स्टेशनरी महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष समेत रहेका ताराराज घलेले वैवाहिक बर्षगाँठ जस्तो बिशेष दिनमा आफ्नो सँगै जीवन साथीको बीमा गरेर उपहार स्वरुप दिदाँ आकर्षक उपहार हुने र अन्यलाई समेत उत्प्रेरणा मिल्ने हुदाँ सो उपहार दिएको बताए । आफ्नो बर्षगाँठ फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिनका लागि पनि सो उपहार दिएको उनको भनाई थियो ।

Prabhu
Crest

बीमा गरेर बचत भएको रकमले बुढेसकालमा समेत उपयोगीहुने देखेपछि आफुहरुले बीमा गरेको घले दम्पतीको भनाई थियो ।

कार्यक्रममा बोल्दै कम्पनीका गण्डकी प्रदेश क्षेत्रीय नायब प्रबन्धक गणेश धमलाले बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चिता भएको हुदाँ जीवन बीमा अतिआवश्यक रहेको बताए । उनले पछिल्लो समय विभिन्न शुभकार्यमा जीवन बीमा पोलीसी उपहारका रुपमादिने चलन बढ्दै गएको बताउँदै सो कार्य अत्यन्तै सराहनीय रहेको बताए ।

सोही कार्यक्रममा बोल्दै कम्पनीका एरिया म्यानेजर सुरेश बरालले उनीहरुले खरिद गरेको बिमा पोलिसी सबैभन्दा उत्तम रहेको बताउदै उनीलाई अझ बढी सफलता र सुखी जीवनको शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका सिनीयर एजेन्सी म्यानेजर रामजी पोखरेल, बेसीशहर शाखाका शाखा प्रमुख सन्तोष श्रेष्ठ, शाखाका कर्मचारी साथै अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS