काठमाडौं । नेपालको पहिलो भुक्तानी प्रणली सेवा प्रदायक इ-सेवा मार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ । इ-सेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्न सकिनेछ । त्यस्तै मेरो स्कुलको ३ महिनाको निःशुल्क शब्क्रिब्सन गर्न सकिनेछ भने किड्स् इन्साइडर म्यागेजिनको एक वर्षको निःशुल्क शब्क्रिब्सन गर्न सकिनेछ । इ-सेवा मार्फत देशभरबा ४ हजार सय भन्दा स्कुलको शुल्क भुक्तानी गर्न सकिनेछ ।
हल इ-सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इ-सेवा मार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब १ लाख ४० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।
हालसम्म इ-सेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ५० लाख पुगिसकेका छन् । इ-सेवामा हाल मर्चेन्टको संख्या २ लाख बढि रहेका छन् । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।
इ-सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।