काठमाडौं । मुक्तिनाथ विकास बैंकले कपिलवस्तुस्थित कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्ने क्रममा यस आश्रमलाई पनि सहयोग गरेको हो ।
बैंकले कैलाश आश्रम धामद्धारा संचालित मनकामना गुरुकुलमा भवन निर्माण कार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको हो । यस सहयोगबाट गुरुकुलमा आउने भक्तजनहरु विश्राम तथा परोपकारी उद्देश्यले गरिने कार्यहरुलाई सहजताका साथ पूरा गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।