काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपीओ शेयरधनीको डिम्याट खातामा आएको छ । उक्त आइपीओ शेयरधनीको डिम्याट खातामा आरयूएलबी स्टक संकेतबाट आएको छ ।
कम्पनीले आईपीओको बाँडफाँड गत फागुन १२ गते गरेको थियो । कम्पनीको आईपीओमा कुल २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ हजार ८५९ जनाको आवेदन रद्द भएको थियो भने गोला प्रथाद्वारा ७९ हजार ४५० जनाले १० कित्ताका दरले आईपीओ पाएका थिए ।
उक्त आइपीओ अब नेपाल स्टकमा सूचिकरण सम्झौता भएपछि कम्पनीको शेयर दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।