काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले १ दखशमलव ५४ अंकले बढेर २,५४४ दशमलव ९३ को विन्दुमा कायम भएको छ । आज ६६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ११८ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २३० वटा कम्पनीको ५३ करोड १५ लाख २९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६० करोडमाथिको शेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको २७ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ११ सय ७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, नेपाल टेलिकमको १२ करोड ६२ रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १० करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । पाँचथर पावर कम्पनीको १० करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल तराईका लगानीकर्ताले ५ दशमलव ४८ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका हुन् ।
त्यसैगरी आज सबेभन्दा धेरै पाँचथर पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ९० प्रतिशतका दरले गुमाएका हुन् । पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।