Connect IPS
IME Life

गरिमा विकास बैंकको लकर सुविधामा विशेष छुटको व्यवस्था

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंकले आउँदै गरेको अन्तराष्ट्रिय नारी दिवस २०२२ का अवसरमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्ने महिला ग्राहकहरुलाई लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ ।

गरगहना, सामान तथा कागजपत्र राख्न गरिमा विकास बैंकको लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५ प्रतिशत र वार्षिक लकर शुल्कमा ५० प्रतिशत (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो ।

Prabhu
Crest

यस विकास बैंकका ग्राहकले न्यूरोड शाखा (काठमाडौं), कुमारीपाटि शाखा ललितपुर, सुर्यविनायक शाखा भक्तपुर, सभागृह शाखा कास्की, वगर शाखा कास्की, नारायणगढ शाखा चितवन, बुद्धचोक शाखा चितवन र धरान शाखा धरानमा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सकिनेछन् ।

यस विकास बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो शेयर बचत खाता खोलेका नारीहरुले उक्त छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

हाल, गरिमा विकास बैंकले ११८ शाखा, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS