Connect IPS
IME Life

सन्तोष प्रसाई प्रभु लाइफको सल्लाहकारमा नियुक्त हुँदै , बीमा समितिबाट स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले सन्तोष प्रसाईलाई प्रभु लाइफको सल्लाहकारमा नियुक्तिका लागि स्वीकृती दिएको छ । गत कात्तिकमा नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका प्रसाईलाई प्रभु लाइफले बीमा क्षेत्रको विज्ञका रुपमा सल्लाहकारको रुपमा प्रस्ताव गरेको थियो ।

चार्टर्ड एकाउन्टेन्ट प्रसाईले यस अगाडी नेपाल लाइफमा ४ वर्ष तीन महिना काम गरेका थिए । यस अवधिमा ८ महिना प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए । उनि नियामक निकाय बीमा समितिको जागिर छाडेर नेपाल लाइफमा आएका थिए ।

Prabhu
Crest

प्रभु लाइफले प्रमुख कार्यकारी अधिकृत बनाउने गरि प्रसाईंलाई अहिले सल्लाहकारमा नियुक्त गरेको हो । बीमा समितिको नियम अनुसार एउटा संस्था छोडेको ६ महिना कटेसिमात्र अर्को संस्थामा सोहि पदमा नियुक्त लिन पाइने ब्यबस्था भएकोले प्रसाईं २०७९ बैशाख २२ गते देखि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुन  योग्य हुनेछन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS