काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १ लाख ९९ हजार २३४ कित्ता संस्थापक शेयर विक्री खुला गरेको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको १ लाख ५० हजार कित्ता, प्रतिमा अर्यालको नाममा रहेको ४५ हजार ९९१ कित्ता र धन बहादुर कार्कीको नाममा रहेको ३ हजार २४३ कित्ता शेयर विद्यमान संस्थापक शेयर विक्री गर्न लागेको बैंकले जनाएको छ ।
संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो । शेयरको मूल्य प्रतिकित्ता २७० रुपैयाँ, २५० रुपैयाँ र २ सय रुपैयाँमा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ ।
ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बुटबल ११ कालिकानगरमा लिखित निवेदन पेश गर्न सक्नेछन् ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुने नसेकेमा यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने बैंकले जनाएको छ ।