IME Life
GBIME

ग्रिन भेन्चर्सको प्रभावित आइपिओ आजदेखि बन्द, केहि दिनमै सर्वसाधारणका लागि आउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ग्रीन भेन्चर्सले आजबाट प्रभावित क्षेत्रका लागि निष्काशन गरेको आइपिओ बन्द गर्ने भएको छ । कम्पनीले फागुन २ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपिओ निष्काशन गरिरहेको छ । कम्पनीले जारी पूँजी तीन अर्ब १२ करोड ५० लाख मध्ये १० प्रतिशलते हुन आउने ३१ करोड २५ लाख रुपैयाँको आइपिओ प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गरिरहेको छ ।

आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्लाको खिजिम्वादेवी गाउँपालिका एक, दुई, तीन, लिखु गाउँपलिका नौ, एक, रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका एक र दुई, उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाले आज साझ ५ बजेसम्म आइपिओमा आवेदन दिन पाउने छन् । प्रभावित क्षेत्रका बासिन्दाले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन पाउने छन् ।

Crest

कम्पनीले प्रभावित क्षेत्रका बासिन्दालाई निष्काशन गरिसके पछि सर्वसाधारणलाई पनि ३१ करोड २५ लाख रुपैयाँको आइपिओ निष्काशन गर्नेछ । ग्रिन भेन्चरले रामेछाप जिल्लामा ५२.७ मेगावाट क्षमताको लिखु ४ खोला जलविद्युत आयोजनाको निर्माण गरेको छ । आयोनाको प्रतिमेगावाट लागत २३ करोड ५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीको विद्युत उत्पादन बाँकी अवधि २५ वर्ष ८ महिना रहेको छ । पे व्याक परियड भने ८ वर्ष रहेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेको हुँदा कम्पनीले व्यवसायिक उत्पादन सुरु गरिसकेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS