Connect IPS
IME Life

सावधिक जीवन बीमालेखमा सर्वाधिक आकर्षण,कुन प्रदेशबाट कति गरे जीवन बीमा व्यवसाय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माघ महिनामा जीवन बीमा कम्पनीहरुले विभिन्न बीमालेखहरुबाट १० अर्बमाथि कुल बीमा शुलक आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले १० अर्ब ३८ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

सावधिक जीवन बीमालेख
समितिको तथ्याङ्क अनुसार कम्पनीहरुले प्रदेश नं १ बाट सावाधिक जीवन बीमालेख मार्फत कम्पनीहरुले ३७ करोड ४३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । मधेश प्रदेशबाट यसै पोलिसी मार्फत कम्पनीहरुले २४ करोड ५६ लाख रुपैयाँ, बाग्मती प्रदेशबाट १ अर्ब ६३ करोड ११ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट ४१ करोड ९३ लाख रुपैयाँ, लुम्बिनी प्रदेशबाट ५० करोड ४० लाख रुपैयाँ, कर्णाली प्रदेशबाट यसै पोलिसी मार्फत कम्पनीहरुले १२ करोड ९६ लाख, सुदुरपश्चिम प्रदेशबाट १७ करोड ७६ लाख गरी कुल ३ अर्ब ४८ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
माघ महिनामा जीवन बीमा कम्पनीहरुले प्रदेश नं १ बाट यस पोलिसी मार्फत ४५ करोड ७८ लाख,मधेश प्रदेशबाट २३ करोड ५० लाख, बाग्मती प्रदेशबाट १ अर्ब ८ करोड ३ लाख, गण्डकी प्रदेशबाट ३० करोड २७ लाख, लुम्बिनी प्रदेशबाट ४५ करोड ८० लाख, कर्णाली प्रदेशबाट १८ करोड ४९ लाख, सुदुपश्चिम प्रदेशबाट १४ करोड ९३ लाख रुपैयाँ गरी कुल २ अर्ब ८६ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

Prabhu
Crest

रुपान्तरित सावधिक जीवन बीमालेख
जीवन बीमा कम्पनीहरुले यस बीमालेख मार्फत प्रदेश नं १ बाट १५ करोड ८७ लाख,मधेश प्रदेशबाट २८ करोड ८७ लाख, बाग्मति प्रदेशबाट ५६ करोड २ लाख, गण्डकी प्रदेशबाट १३ करोड ६६ लाख, लुम्बिनी प्रदेशबाट द्द१ करोड १४ लाख, कर्णाली प्रदेशबाट ३ करोड ७९ लाख, सुदुपश्चिम प्रदेशबाट ४ करोड ८२ लाख रुपैयाँ गरी कुल १ अर्ब ४४ करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बालबच्चा सम्बन्धी सावधिक जीवन बीमालेख
समितिको तथ्याङ अनुसार जीवन बीमा कम्पनीहरुले यस बीमालेखमार्फत प्रदेश नं १ बाट २१ करोड ९३ लाख, मधेश प्रदेशबाट १२ करोड ५२ लाख, बाग्मती प्रदेशबाट ५६ करोड ९९ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट १७ करोड ७२ लाख, लुम्बिनी प्रदेशबाट २९ करोड ५९ लाख, कर्णाली प्रदेशबाट ९ करोड २४ लाख रुपैयाँ, सुदुरपश्चिम प्रदेशबाट १३ करोड २८ लाख रुपैयाँ गरी कुल १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बैदेशि रोजगारर म्यादी बीमालेख बाग्मति प्रदेशबाट मात्रै विक्री भएको छ । यस प्रदेशबाट यस बीमालेख मार्फत १७ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन भएको तथ्याङकले देखाएको छ ।

आजीवन बीमालेख
समितिको तथ्याङक अनुसार यस बीमालेख मार्फत प्रदेश नं १ बाट ४ करोड ५१ लाख, मधेश प्रदेशबाट ६ करोड ३६ लाख, बाग्मती प्रदेशबाट ६ करोड १२ लाख, गण्डकी प्रदेशबाट ४ करोड ४८ लाख रुपैयाँ, लुम्बिनी प्रदेशबाट ७ करोड ५१ लाख रुपैयाँ, कर्णाली प्रदेशबाट २ करोड ७८ लाख रुपैयाँ र सुदुपश्चिम प्रदेशबाट १ करोड ८३ लाख रुपैयाँ गरी कुल ३३ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

एकल बीमा शुल्क जीवन बीमालेख
जीवन बीमा कम्पनीहरुले यस बीमालेख मार्फत प्रदेश नं १ बाट १ करोड २३ लाख रुपैयाँ, मधेश प्रदेशबाट १ करोड ८ लाख, बाग्मती प्रदेशबाट ३ करोड ७९ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट ५५ लाख रुपैयाँ, लुम्बिनी प्रदेशबाट २ करोड ८ लाख, कर्णाली प्रदेशबाट ७ लाख रुपैयाँ र सुदुपश्चिमबाट १ करोड १६ लाख रुपैयाँ गरी कुल १० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

म्यादी जीवन बीमालेख
माघ महिनामा यस बीमालेख मार्फत संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले प्रदेश नं १ बाट ३ करोड १७ लाख, मधेश प्रदेशबाट १८ लाख, बाग्मती प्रदेशबाट १० करोड ४९ लाख, गण्डकी प्रदेशबाट ८० लाख, लुम्बिनी प्रदेशबाट २ करोड ५२ लाख, कर्णाली प्रदेशबाट ११ लाख,सुदुपश्चिमबाट ६ करोड गरी कुल १७ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

लघु जीवन बीमालेख
जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले यस बीमालेख मार्फत प्रदेश नं १ बाट ७५ करोड, मधेश प्रदेशबाट ५१ करोड, बाग्मती प्रदेशबाट १२ करोड ७० लाख, गण्डकी प्रदेशबाट १ करोड ९० लाख, लुम्बिनी प्रदेशबाट २ करोड ६४ लाख, कर्णाली प्रदेशबाट ६२ करोड र सुदुपश्चिम प्रदेशबाट ५८ करोड गरी कुल १९ करोड ७३ लाख रुपैयाँ बीमा शुलक आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS