Connect IPS
IME Life

आज भव्यताका साथ महाशिवरात्री मनाइदै, हेर्नुहोस् पशुपतिनाथ क्षेत्रका दृश्यहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज महाशिवरात्री । हिन्दूहरुले विभिन्न शिव मन्दिरहरुमा रहेका आफ्ना आराध्य देवाधिदेव महादेवको आराधना, भजन किर्तन, पूजा, होम रातभर जाग्राम बसेर मनाइन्छ । यहि उपलक्ष्यमा पशुपति क्षेत्रमा झकिझकाउ पारिएको छ ।

Prabhu
Crest

महाशिवरात्रीको अवसरमा पशुपतिनाथ परिसरमा रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएको छ । पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाइएको छ । सो कार्यका लागि करिव ५० लाख खर्च भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसैगरी पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ । महाशिवरात्रिका लागि आएका साधु र सन्तका कारण भिडभाड बढेको छ । आज विहानैदेखि भक्तजनको आवतजावतले भिडभाड बढेको हो । विहानै सवेरैदेखि लाममा बसेका भक्तजनको लाइन बढिरहेको छ ।

आज हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको छ । शिवरात्रीको अवसरमा नेपालसहित भारत र श्रीलंकाबाटसमेत साधुसन्त तथा बाबाहरुको उपस्थिति हुने गरेको छ । यस वर्ष साधु सन्तका लागि धुनी जगाउन गुठी संस्थानले पाशुपत क्षेत्रको निर्मल, भष्मेश्वर, राम मन्दिर, श्री गोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायतका क्षेत्रमा ३३ हजार किलो दाउराको व्यवस्था गरेको छ । हिजो सोमबारसम्ममा लगभग १५ हजार जना साधुसन्त आइसकेका थिए । आजसम्ममा ५० हजार जना भन्दा धेरै आउने अनुमान गरिएको छ ।

हिन्दु धर्ममा महाशिवरात्री पर्वको विशेष महत्व रहेको छ । हिन्दु क्यालेन्डरमा १२ मासमा १२ शिवरात्री हुन्छन्  तर महाशिवरात्री आज एक दिन मात्रै हुन्छ ।

महाशिवरात्री किन मनाइन्छ ?

पौराणिक र धार्मिक मान्यताहरुका अनुसार तीन कारणहरुले महाशिवरात्री  पर्व मनाइन्छ । जसमा शिव–पार्वतीको विवाह सबैभन्दा धेरै प्रचलित रहेको छ । जसका कारणले महाशिवरात्रिमा विभिन्न स्थानहरुमा रातीको समयमा शिवको जन्ति पनि निकाल्ने परम्परा रहेको छ । महाशिवरात्री यी तीन कारणहरुले मनाइन्छ ।

शिव–पार्वतीको विवाह

माता पार्वती र भगवान शिवको विवाह फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो । यो तिथिमा भगवान शिव र माता पार्वतीको महामिलनको रुपमा पनि मनाइन्छ । महाशिवरात्रीको दिन शिव–पार्वतीको विवाह हुनाले यसको महत्व धेरै रहेको छ । भनिन्छ, यो दिन भगवान शिवको पूजा आरधना गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुन्छन् । महाशिवरात्रीको ब्रत बस्नाले यदि कसैको विवाहमा बाधा–अड्चन आएको छ भने समस्त बाधा अड्चनहरु कम हुन्छ र छिट्टै विवाह हुन्छ भन्ने  एउटा मान्यता रहेको छ ।

महादेवको शिवलिङ्ग स्वरुप

पौराणिक मान्यता अनुसार महाशिवरात्रीको दिन नै भगवान शिवले आफ्नो शिव लिङ्ग सवरुपमा प्रकट भएका थिए । त्यो समयमा सबैभन्दा पहिले उनको यो स्वरुपको विधिपूर्वक पूजा–अर्चना गर्ने बम्हा र विष्णु थिए । यही कारणले महाशिवरात्रीको दिन विशेष प्रकारले शिव लिङ्गको पूजा आरधना गर्ने विधान रहेको छ ।

विषपान गरेर संसारलाई संकटबाट बचाएको

भनिन्छ, समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान शिवले यो सृष्टिलाई संकटबाट बचाएका थिए । यही कारणले नै महाशिवरात्री मनाइन्छ । सागर मंथनबाट निस्केको विषलाई पिएर भगवान शिवको गला निलो भएको थियो । जसका कारण भगवान शिवलाई निलकन्ठ पनि भनिन्छ ।

शिवरात्री र महाशिवरात्रीमा के अन्तर छ ?

हिन्दु क्यालेन्डरको प्रत्येक मासको कृष्ण पक्षको चतुर्दशी तिथिलाई शिवरात्रीको रुपमा लिइन्छ । यो मासिक शिवरात्रीको नामले पनि प्रचलित छ । फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा महाशिवराीको नामले चिनिन्छ । पौराणिक मान्यताहरुका अनुसार यो दिन नै आधि रातमा भगवान शिव निराकार ब्रह्माबाट साकार स्वरुप अर्थात रुद्र रुपमा अवतरित भएका थिए । त्यसैले यो तिथिलाई महाशिवरात्री भनिन्छ । यो दिन विशेष रुपले भगवान शिवको पुजा–अर्चना गरिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS