Connect IPS
IME Life

नेप्से ४३ अंकले घट्यो, ३ अर्ब ६६ करोडको कारोबार हुँदा सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा भारी गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ४३ दशमलव १० अंकले २,६१० दशमलव ६० को विन्दुमा कायम भएको छ । आज ७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८३ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २२७ वटा कम्पनीको ७८ करोड ३४ लाख ९१५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज अपि पावर कम्पनीको १६ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४९८ रुपैयाँ कायम भएको छ । अरुण भ्याली हाइड्रो पावर कम्पनीको १४ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज हिमालयन डिष्टिलरीको १३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ६३५ रुपैयाँ कायम भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३५० रुपैयाँ कायम भएको छ ।

आज एनआइसी एशिया डिवे१चरका इकाईधनीले २ प्रतिशतका दरले कमाएका छन् । सनराइज ब्लुचिप फण्डका इकाईधनीले १ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी इक्विटी फण्डका इकाईधनीले १ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रेजेन्सीका लगानीकर्ताले १ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ता र सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS