IME Life
GBIME

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने समयावधि लम्बियो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आवेदन दिने समयावधि थप भएको छ । आईपीओमा आवेदन दिने समय आज फागुन १६ गते रहेको भएपनि सम्पूर्ण शेयर विक्री भइनसकेकाले आवेदकले अब फागुन २३ गतेसम्म आइपीओ भर्न पाउनेछन् ।

कम्पनीले निष्काशन गरेको आईपीओमा आइतवारसम्म १८ करोड ७ लाख ३४ हजार बराबरको आवेदन परेको छ । सिडिएस क्लियरिङका अनुसार आइतवार साँझ ५ बजे सम्ममा ४ हजार ५०१ जनाबाट १ लाख ८७ हजार ३४० कित्ताका आवेदन परेको हो ।

Crest

कम्पनील फागुन २ गतेदेखि ३१ लाख २५ हजार कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि उक्त कित्ता आईपीओ विक्री खुला गरेको हो ।

कम्पनीको यस आईपीओलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने मध्यम क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ ।

आईपीओ खरीदका लागि लक्ष्मी बैंकको मंथली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार, आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मंथली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS