Connect IPS
IME Life

कामना सेवा विकास बैंकको थप ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

SPIL
NIC ASIA new
Sanima Reliance

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथथप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममामिति २०७८ साल फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह न.पा. वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगान.पा. वडा नं. २,सितापुर र लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं ७ राम बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

देवदह न.पा. मादेवदह मोबाइल एण्ड कम्प्युटर (प्रो. घनश्याम के.सी.), सितगंगान.पा.मा सचिन मोबाइल सेन्टर (प्रो. सचिन बोहोरा) र मध्यनेपाल न.पा माइशानेश्वर इलेक्टोनिक्स, (प्रो. निर्दोश घिमिरे) लाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

Prabhu
Crest

देवदह रुपन्देहीमा बैंकका सञ्चालक भिम प्रसाद तुलाचन, र देवदह न.पा. वडा नंं ८ का वडा अध्यक्ष्य डण्डपानी भट्टराई, मध्यनेपाल,लमजुङमा बैंकका सञ्चालक चतुराखर अधिकारी तथा अर्घाखांची जिल्लाको सितगंगा–२ सितापुरमा सितगंगा न.पा. वडा नंं. २ का वडा अध्यक्ष्य गोबर्धन थापाले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बैंकका संस्थापकहरु,बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS