Connect IPS
IME Life

एमसीसी अनुमोदन हुने भए पछि पनि किन घट्यो शेयर बजार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सत्तारूढ गठबन्धनले एमसीसी अनुमोदन गर्ने सहमति गरे पनि आइतबार नेप्से सूचक ७.७३ अंकले घटेको छ । गएका दिनमा एमसीसी अनुमोदन हुने हल्लामा शेयर बजार बढ्ने गरेकोमा आज भने ७.७३ अंकले घटेको छ ।

शेयर बजारलाई सुधार गर्ने एक मात्रै कारणको रुपमा एमसीसी किनारा लाग्ने भए सँगै ठुला लगानीकर्ताले शेयर बिक्री गर्दा नेप्से सूचक घटेको हो । नेपाल राष्ट्र बैंकको पछिल्ला निर्देशन तथा नीति शेयर बजार विरोधि छन् ।

Prabhu
Crest

राष्ट्र बैंकले शेयरधितो कर्जादेखि घरजग्गासम्मका कर्जालाई कडाइ गर्ने नीति लिएको छ । गत बिहीबारको निर्देशिका पछि कुनै पनि बैंकहरुले नयाँ मार्जीन प्रकृतिको कर्जा प्रवाह गर्ने देखिदैन । यस्तो क्षेत्रमा कर्जा प्रवाह गर्दा ‘क्यापिटल एड्वीकेसी’ १५० प्रतिशत पुर्याउनु पर्ने व्यवस्था गरे सँगै शेयर धितोकर्जा प्रवाह मै समस्या आउने देखिन्छ ।

अर्को तर्फ बैंकहरुको सिसिडी रेसियो ९० प्रतिशत भन्दा माथि भएकाले कुनै पनि बैंकहरु नयाँ कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा छन् । यो भनेको बैंकहरुले नयाँ कर्जा प्रवाहका लागि नयाँ निक्षेप भित्र्याउनु पर्ने हुन्छ । यसका लागि कि त बैंकहरुले व्याजदर बढाएर निक्षेपमा आकर्षित गर्न सक्नु पर्छ होइन भने बजारमा थप तरलता प्रवाह हुनु पर्छ । त्यसैले गर्दा बैंकहरुले फागुन महिनाका लागि जारी गरेको व्याजदर बढेको छ ।

आइतबार नेप्से सूचक ७.७३ अंकले बढेर २६५३ अंकमा रोकिएको छ । आज ठुला लगानीकर्ताले सुरुमा शेयर बिक्री गरेर अन्तिममा शेयर उठाएका छन् । यहि अवधिमा तीन अर्ब २७ करोड रुपैयाँको खरिद बिक्री भएको छ ।

आज हाइड्रोपावर र अन्य बाहेक सम्पुर्ण सूचक तथा उप सूचक घटेको छ । आज सर्वाधिक धेरै एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर ५.८८ प्रतिशतले सुधार भएको छ । त्यस्तै नेशनल हाइड्रोपावरको बोनस शेयरको मूल्य समायोजन पछि घटेको मूल्यमा लगानीकर्ता आकर्षित देखिएका प्रतिशेयर ४.५३ प्रतिशतले बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS