काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले चैत १२ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १३ गतेको सञ्चालक समितिको बैठकले उक्त दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
यस वर्ष कम्पनीले लाभांश प्रस्ताव गरेको छैन् । यसर्थ यस वर्ष शेयरधनीहरुको हात खाली हुने भएको छ । गत वर्ष ३ दशमलव ८० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताहरुको हात खाली बनाएको हो ।
कम्पनीले साधारण सभाको लागि चैत २ गते (एक दिन) बुक क्लोज गर्ने जनाएको छ ।