काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको १६औं वार्षिक साधारण सभा फागुन २९ गते हुने भएको छ । सभा सराङ्गकोट, पोखरामा बिहान ९ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, सभाले २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको विधान संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।