IME Life
GBIME

राष्ट्र उत्थान लघुवित्तको आइपीओ नतिजा यी चार वटा साइटबाट हेर्न सकिने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ आज बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने केही समयपछि मात्रै हेर्न मिल्ने बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जानकारी दिएको छ । कम्पनीको आईपीओ नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको वेबसाइट https://www.rulbsl.com/, बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट https://result.niblcapital.com/  , सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

Crest

स्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटलले लाजिम्पाटमा सम्पन्न गरेको बाँडफाँडबाट भाग्यमानी ७९ हजार ४५० जनाले आइपिओ प्राप्त गरेका छन् ।

संस्थाले फागुन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो । कम्पनीको प्राथमिक शेयरका लागि २६ लाख २६ हजार ९० जनाले तीन करोड ४ लाख ३१ हजार ३७० कित्ताको लागि आवेदन दिएका थिए । जुन माग भन्दा ३८।३० गुणा बढी आवेदन हो ।

संस्थाले सर्वसाधारण समुह तर्फको ८ लाख ५० हजार कित्ता मध्ये ०।५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता म्युचुअल फण्डको लागि सुरक्षित गरेर बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता आम सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS