काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २,६६१ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । आज ६ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १८५ वटा कम्पनीको शेयर मुल्य घटेका छ ।
आज सबैभनदा धेरे हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका हुन् । सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीले १ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल समृद्धि फण्ड २ का इकाईधनीले १ दशमलव ७६ प्रतिशतका दरले कमाउका छन् । शिभ श्री हाइड्रोपावर कम्पनीका लगानकिर्ताले १ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।
आज यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाउका छन् । कम्पनीका लगानकिर्ताले ५ दशमलव ७० प्रतिशतका दरले गुमाएका हुन्।