IME Life
GBIME

नेप्सेमा भारी अंकको गिरावट, सबै उपसूचक रात्ताम्मे हुँदा ४ अर्बमाथिको कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २,६६१ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा उपसूचक २ दशमलव ८६ प्रतिशतले घटेको छ । आज ६ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १८५ वटा कम्पनीको शेयर मुल्य घटेका छ ।

आज दिनभरिमा २२९ वटा कम्पनीको ८४ लाख ९० हजार ६८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको २६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ४१५ रुपैयाँ कायम भएको छ ।

Crest

त्यस्तै, नेपाल टेलिकमको २५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्त वित्तीय सस्थाको १४ करोडमाथिको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको १२ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभनदा धेरे हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका हुन् । सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीले १ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल समृद्धि फण्ड २ का इकाईधनीले १ दशमलव ७६ प्रतिशतका दरले कमाउका छन् । शिभ श्री हाइड्रोपावर कम्पनीका लगानकिर्ताले १ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।

आज यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाउका छन् । कम्पनीका लगानकिर्ताले ५ दशमलव ७० प्रतिशतका दरले गुमाएका हुन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS