काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो ।
शेयर खरीदका लागि गैर संस्थापक शेयरधनीहरुबाट इच्छा व्यक्त भएपनि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्ने व्यवस्था बमोजिम बैंकले संस्थापक शेयरधनीलाई नै शेयर खरिद गर्न आग्ह गरेको हो ।
ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनु पर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा शेयर विक्री गरिनेबैंकले जनाएको छ ।